सुर्खेत । नेपालगन्जबाट सुर्खेत ल्याउँदै गरेको १८ पोका अबैध सुपर पावर सुर्ती प्रहरीले नियन्त्रणमा लिएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका-१० तोलीखोला स्थित कणर्ली प्रदेश ०४२३ नम्बरको फोर्स नेपालगन्जबाट सुर्खेत तर्फ आउदै गरेको गाडिलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा कुनै पनि बिल भरपाई नभएको १८ पोका सुपर पावर सुर्ति बरामद गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


दर्शन खबर । ९ श्रावण २०८०, मंगलवार