उपभोक्ता समीतीको रकम जफत गरेको आरोपमा वडाध्यक्ष विष्ट पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । बिष्टलाई आईतबार दिउँसो वीरेन्द्रनगर नगरपालीका कार्यलय परीसरबाट प्रहरीले  पक्राउ गरेको हो ।
सोही वडाको खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएको भन्दै उपभोक्ता समितिका व्यक्तिहरूले सो विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थीए ।
उपभोक्ता समीतीका अध्यक्ष हर्क बहादुर शाहि को कीटानी जाहेरी पश्चात जील्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको हो । साहि पक्राउ पुर्जीका आधारमा वडाध्यक्ष विष्टलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
गत बिहीबार दिउँसो टोल समितिको अध्यक्षको घरबाट वडाध्यक्षसहित ३ जनाको समूहले उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै उजुरी परेको थीयो ।
प्रहरीले शनिबार नै सुशील गुरुङ र बलिराज शाहीलाई वीरेन्द्रनगरबाट पक्राउ गरेकोे जनाएको छ ।


तपाईको प्रतिक्रिया