किशोरकिशोरीको स्वास्थ सेवामा गोपनीयता हुनुपर्ने माग

दिपेश लम्साल,सुर्खेत । लेकवेशी नगरपालिकामा एक दिने किशोर किशोरी मैत्री स्वास्थ सेवा संचालन निर्देशिका अभिमुखिकरण गोस्टी सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ संस्थामा किशोर किशोरिको चेकजाँच गर्ने समयमा गोपनियता हुनुपर्ने भन्ने बिषयमा छलफल भएको थीयो । नगरपालीका भीत्रका कीशोर कीशोरीहरुलाई स्वास्थ्य संस्थाको पहुँचमा पुर्‍याई कसरी बढी भन्दा बढि सङ्ख्यामा किशोर किशोरिलाइ स्वास्थ सेवा प्रदान गर्न सकिन्छ भन्ने बिषमा छलफल भएको थीयो ।
गोपनियता भङ्ग हुने डरले किशोर किशोरी स्वास्थ सेवा लिन स्वास्थ्य संस्था जान डराउने र उनिहरुले आफ्नो स्वास्थ्य समस्या आफैमा लुकाएर राख्ने गरेको हुनाले उनिहरुको सेवामा गोपनियता हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथी तथा लेकबेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधीकृत पदमलाल लामिछानेले बताए ।
नगरपालीका भीत्र बाल विवाहको अन्त्य गरी समाजमा हुने विकासका योजनामा किशोर किशोरीको पनी उपस्थित गराउने कार्यक्रमको उदेश्य रहेको छ ।


तपाईको प्रतिक्रिया