आठ बुदे प्रतिद्धता सहित वीरेन्द्रनगर १६ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १६ ले आठ बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
१६ नं. वडाका वडा अध्यक्ष डन्ड बहादुर बि.क. र वडा सचिव ठाकुर प्रकाश भण्डारी मुख्य बक्ता रहेको कार्यक्रममा स्थानीय ८४ जना भौतिक तथा ३० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु हेमराज ढकाल, लाल बहादूर छन्तेल, रेशमकली सार्की, दुर्गा वली, पशु सेवा ईकाई प्रमुख उत्तम ढकाल र सुरक्षा प्रतिनीधी महेश जंग शाहि सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।

कर्यक्रमा वडा कार्यलयले दिने सेवा सुबिधालाई थप प्रभावकारी बनाउने, नागरीक वडा पत्र यथासीघ्र वडा कार्यलयको नव निर्मीत भवनमा राख्ने, वडाले अनुगमन गर्दा टोल बिकास संस्थालाई सामेत समेटेर सक्रीय बनाउदै लैजाने, लम्की स्कीन रोगको प्रकोप बिरुद्ध लड्न अन्य सरोकारवाला समक्ष सहयोग तथा समन्वय गर्दै समाधान गर्नेको लागी आकस्मीक कोषको स्थापना गर्ने, सुकुम्बासी समस्या समाधानको लागी सरोकारवाला संग समन्वय गरी समस्याको समाधान गर्ने, चट्याङको समस्या समाधानको लागी थप रकमको सुनिश्चतता गर्दै समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्य, सत्केरी आमा भेटघाट जस्ता महत्व राख्ने बिषयलाई ध्यान दिदै निती कार्यक्रम बनाउने र योजना छनौट तथा कार्यन्वयनमा टोल बिकास सहित सरोकारवाला लाई सक्रीय सहभागी बनाउने लागाएतका प्रतिद्धता जनाइएको छ ।

तपाईको प्रतिक्रिया