नदीजन्य पदार्थ उत्खननमा नगरपालीकाकाे राेक

सुर्खेत । यहाँको लेकवेशी नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै असार १ गते बाट लागू हुनेगरी नदी वा खोलाहरुबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन तथा संकलनमा पूर्ण रुपमा रोक लगाएको हो ।

वातावरणिय प्रभाव मुल्याङ्कन (आईइइ) अनुसार ठेक्का बन्द्योबस्ती गरी नदीजन्य पदार्थ उत्खनन तथा बिक्री वितरण तत्कालका लागि रोक्न जिल्ला अनुगमन समितिले गएको जेठ २९ गते स्थानीय तहलाई परिपत्र गरेको थियो । सोही अनुसार ढुंगा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापन सम्बन्धी मापदण्डअनुसार नगर क्षेत्रका खोला तथा नदीहरुबाट उत्खनन तथा संकलन गर्न रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत पदम लामिछानेले जानकारी दिए ।

उनले कसैले कानुन विपरितका कार्य गरेमा आवश्यक कारवाहीका लागि नगरपालिकामा यथाशीघ्र जानकारी गराउन अनुरोध गरेका छन् ।


तपाईको प्रतिक्रिया