राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत ५० हजार घुससहित पक्राउ

काठमाडाैं | राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत जनस्वास्थ्य अधिकृत लेखनाथ भट्टराई घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ५० हजार घुस रकमसहित शुक्रवार काठमाडौंको शंखमुलबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।उनका अनुसार उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका छैटौं तहका ल्याब टेक्निसियन हुन् ।उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।


तपाईको प्रतिक्रिया