काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशका लागि आवासीय राजदूत नियुक्त गरेका छन्।
आइतबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै ब्रूनाई दारूसलाम,गणतन्त्र चिलि, क्रोसिया, गणतन्त्र काजखस्तान, लिथुआनिया र प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियामा आवासीय राजदूत नियुक्त गरेका हुन्।
उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाली राजदूतहरूलाई ६ वटा देशका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन्।
मलेसियामा रहेका रहेका राजदूत डिल्लीराज पौडेललाई ब्रूनाई दारूसलाम, बा्रजिलाका राजदूत रहेका निर्मलराज काफ्लेलाई चिलि, अष्ट्रियाको राजदूत रहेका भरत कुमार रेग्मीलाई क्रोसिया, रूसी महासंघका राजदूत मिलनराज तुलाधारलाई काजखस्तान, डेनमार्कका राजदूत प्रा.डा. राम स्वार्थ रायलाई लिथुआनिया र इजिप्टको राजदूत रहेका सुशीलकुमार लम्साललाई अल्जेरियाको गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।
विज्ञप्ति हेर्नुहोस् ।



दर्शन खबर । २१ जेष्ठ २०८०, आईतवार