सल्यान । बिजुलीको तार सट हुँदा सल्यानको कपुरकोट गाउँपालिका ३ फलाटेमा एउटा घर र गोठ जलेर नष्ट भएका छन् । स्थानीय ५५ वर्षीय सेते डाँगीको घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर नष्ट भएका हुन् ।बिजुलीको तार सट भएर घरमा भएको आगलागीबाट लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगायतका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताएका छन् ।
घरगोठ जलेर नष्ट हुँदा ४ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा घरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।
बिजुलीको तार सट भएर यसअघि पनि कपुरकोटमा एक घर जलेर नष्ट भएको थियो । घरगोठ जलेर नष्ट भएका परिवार अहिले आफन्तको शरणमा रहेका छन् ।


दर्शन खबर । २१ जेष्ठ २०८०, आईतवार