नौ बुदे प्रतिद्धता सहित वीरेन्द्रनगर ५ को सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ ले नौ बुदे प्रतिबद्धता सहित आर्थिक वर्ष २०७९/०८० को सार्वजानीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
५ नं. वडाका वडा अध्यक्ष लोक बहादुर शाहि र वडा सचिव दिनेश सापकोटा मुख्य बक्ता रहेकाे कार्यक्रममा स्थानीय ९७ जना भौतिक तथा ५० जनाको नागरिक प्रतिवेदन वाट सहभागिता रहेको थियो ।
वडा सदस्यहरु नम्रता कार्की, योगेन्द्र थापा र बासु आचार्य वडा स्वास्थ्य ईन्चार्ज जमुना गुरुङ्ग, सामुदायक बनका प्रतिनिधि जगत भण्डारी, सामुदायक बिद्यालय प्रतिनिधि गंग बहादुर धामी सहायक बक्ता रहेको कार्यक्रमको सहजिकरण पिपल्स एक्सेस नेपाल प्रा.ली.ले गरेकोे हो ।

कर्यक्रमा निशुल्क नागरीक कक्ष संचालन गर्ने , वडा सदस्यहरुलाई थप जिम्मेवार बनाएर सेवा प्रवाह तथा बिकास निर्माणलाई प्रभाबकारी बनाउने, वडा सरकारले सुचना प्रवाह लाई प्रभाबकारी बनाएर नागरीकलाई समेत सचेत बनाउने, सामुदायीक बनले आफ्नो ऐन नियम नियमावली अनुसार सामाजीक क्षेत्रमा लगानी गर्ने, हरेक उपभोक्ता समीति गठन गर्दा सम्बन्धीत टोल बिकास संग समन्वय गरी कार्य गर्ने, सुकुम्बासी समस्या समाधानको लागी कार्य सम्पन्न गर्न थप पहल कदमी गर्ने, नागरीक र सरकार बिचको सम्बन्ध प्रभाबकारी बनाउन जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, वडामा उत्पादीत बिभीन्न उत्पादनहरुलाई बजारीकरणको पहल गर्ने, लक्षीत वर्गको कार्यक्रमलाई थप प्रभाबकारी बनाउने लागाएतका प्रतिद्धता जनाइएको छ ।

तपाईको प्रतिक्रिया