फुकोट कर्णाली जलविद्युत भारतले निर्माण गर्ने

सुर्खेत । फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण भारतले निर्माण गर्ने भएको छ । कालिकोटमा रहेको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनाको निर्माण भारतले निर्माण गर्ने गरी समझदारी गरिएको हो । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा समझदारी गरिएका सात परियोजनामध्य फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडले गर्नेगरी हस्ताक्षर गरिएको छ ।

संगै फुकोट कर्णाली जलविद्युत आयोजनाको बिजुली कर्णाली करिडोरको प्रसारणलाइनमार्फत् भारत लगिनेछ । कर्णाली करिडोरमा ४०० केभीको प्रसारण लाइन बनाउनका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले भारतीय कम्पनी कल्पतरूसँग सम्झौता गरिसकेको छ ।


तपाईको प्रतिक्रिया