सुर्खेत जिल्ला अदालतबाट जरिवाना तोकिएका एक प्रतिबादी पक्राउ परेका छन् । जिल्ला अदालत सुर्खेतको कुटपिट मुद्धामा जरिवाना तोकिएका वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ बस्ने लक्ष्मी रावत लाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत सुर्खेतबाट लगत न.३५३३, रु.१५०००,( पन्ध्र हजार) जरिवाना तोकिए संगै फरार प्रतिबादी रावत लाई सुर्खेत ऐरिचोक बाट जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।


दर्शन खबर । १८ जेष्ठ २०८०, बिहीबार