महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नेपाल र मलेसिया खेल्दै

नेपाल र मलेसियाबिच आज महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल हुँदैछ ।

खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

पाँच खेलको शृङ्खला एक/एकको बराबरीमा छ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।

शृङ्खला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।


तपाईको प्रतिक्रिया