
बाँकेमा कार र बस एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ मुगुवा खोली नजिकै पूर्वतर्फँ जादै गरेको मे १ ख ३३३५ नम्बरको बस र पश्चिमतर्फ जादै गरेको बा १३ च ८२५३ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भएको हाे। प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठोरका अनुसार दुर्घटनामा सख्त घाइते भएका डा. सन्जु खड्का र कारका चालक सुवास अधिकारीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक सन्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्का कि पत्नी तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारी हुन् ।
बसमा यात्रारत ६ यात्रु सामान्य घाइते रहेको राठोरको भनाइ छ ।


दर्शन खबर । १६ जेष्ठ २०८०, मंगलवार