
सुर्खेत । पूर्वराजा ज्ञानेन्द्र शाहले विकास निर्माणका लागि एक आपसमा जुट्न आग्रह गरेका छन् । शनिबार कणर्ाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यो व्यवस्थाप्रति जनतामा वितृष्णा बढ्न थालेको बताएका छन् । पूर्वराजा शाहले आफू पुग्ने ठाउँहरुमा यस्ता आवाज सुन्ने गरेको दावी गरे ।
आफ्नो पहिचान नेपालीको शान भएको उनको भनाइ थियो । ‘आफ्नो मौलिकता र सभ्यता हाम्रो स्वाभिमान हो । कसैको अगाडि लम्पसार परेर बाच्नु हाम्रो अपमान हो,’ उनले भने ।
एकजुट भएर राष्ट्रको निम्ति एकसाथ अघि बढ्न उनको आग्रह थियो । -(भिडियो हेर्नुहोस)


दर्शन खबर । १३ जेष्ठ २०८०, शनिबार