हतियार खरिदमा संलग्नता नभएको उपप्रधानमन्त्री खड्काको प्रष्टिकरण

काठमाडौँ । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खडकाले आफू हातहतियार खरिदमा संलग्न नभएको स्पष्ट पारेका छन् ।
नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफ्नो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खड्काले आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका । केही दिन देखि आफ्नोे नाम समेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचार प्रतिे गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।
रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पारेका छन् ।
नेपाली सेनाले ६ अर्ब बराबरको एपिसी र हतियार चीनबाट खरिद गर्ने तयारी गरेको छ । सेनाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा चीनबाट २६ एपिसी, ७२ वटा टयाक्टीकल भेइकल र गोली खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया