
सुर्खेत । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको राष्ट्रिय अधिबेशन भोलिदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुदै छ । अधिबेशनमा सहभागीहुन देशैभरबाट झन्डै चारसय भन्दा बढि प्रतिनिधिहरु सुर्खेत आउनेक्रम जारी छ ।
जेष्ठनागरिकहरुका लागी सरकारले विभिन्न कार्यक्रमहरुको आयोजना सञ्चालन गरेपनि प्रभावकारी भने हुन सकेको छैन ।
ज्येष्ठ नागरिक सरकारी सुविधाबाट बञ्चित भएको बताएका छन ।उनीहरुले यातायात सेवामा, स्वास्थ्य सेवामा दिइने सुविधा उपलव्ध गराउन माग ज्येष्ठ नागरिकले गरेका छन ।
उनीहरुले अझैपनि ज्येष्ठ नागरिकलाई यातायात सेवामा सुविधाबाट बञ्चित गराइएको, अस्पतालमा सेवा लिन जाँदा अपमान गर्ने गरिएकोले सरकार आफैले घोषणा कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन् ।
महासंघका केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकले सरकारले दिने भनेको सेवा सहज उपलव्ध गराउन माग गरे ।
उनले ज्येष्ठ नागरिकहरु ज्ञान, सीप, अनुभवलाई राज्यले सदुपयोग गर्न नसकेको आरोप लगाउँदै सामाजिक, आर्थिक, स्वास्थ्य, सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवासुविधा सहज ढंगले पाउन नसकेको बताएकाक छन् । अहिलेका ऐन, कानुन, नीति नियम समयानुकूल नभएको अवस्थामा कार्यान्वयन र अनुगमन पक्ष फितलो हुँदा ज्येष्ठ नागरिकहरु थप पीडित हुँदै गएको उनको भनाइ छ ।
सम्मेलनमा करिव चार सय प्रतिनिधि सहभागी हुनेछन् ।


दर्शन खबर । २४ बैशाख २०८०, आईतवार