जाजरकोटको विभिन्न स्थानहरूमा अफिम खेति नष्ट

चन्द्रा कंडेल, सुर्खेत । कणर्ाली प्रदेश प्रहरीले सचेतनामुलक कार्यक्रम तथा अवैध रुपमा गरिएका लागु औषध नष्ट कार्यलाई तिव्रता दिएको छ । अपराध हुन भन्दा हुनै नदिनु प्रहरीको प्रमुख उद्देश्यका साथ यो कार्यक्रमलाई निरन्रता दिएको हो । । पछिल्लो समयमा लागु औषध दुर्व्यसनि तथा बेचबिखनको मात्रा प्रदेशका विभिन्न जिल्लाहरूमा दिनप्रतिदिन बढि रहेको हुनाले लागु औषध बनाउन प्रयोग हुने विभिन्न प्रकारको कच्चा पदार्थ गाँजा, चरेश र अफिमलाई ओसारपोसार तथा बेचबिखनबाट नियन्त्रण गर्नकालागि प्रहरीले जिल्लाका विभिन्न स्थानहरूमा पेशा व्यवसाय रुपमा गरिने खेति नष्ट गर्दै आएको छ ।
यसै क्रममा जिल्ला प्रहरी कार्यालय जाजरकोट र मातहतका प्रहरी युनिटहरूले अन्दाजी ७२ रोपनि जग्गामा अबैध रुपमा गरिएको अफिम खेति नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं. ३ दारेलेख, वडा नं.०८ स्थित भ्याकुने, मंसिरे र भारगाउँ, बारेकोट गाँउपालिका वडा नं. ०८ बलेपाटा, जुनिचाँदे गाँउपालिका वडा नं. ७ निपाने र भेरी नगरपालिका वडा नं. २ डिंगाभन्ने स्थानबाट कच्चा पदार्थको रुपमा प्रयोग हुने लागुऔषध अफिम खेति नष्ट गरेको हो । जाजरकोट लागु औषध प्रयोग तथा बेचबिखनको हिसाबले धरै हुने जिल्ला मध्यमा पर्दछ । यहाँबाट सुर्खेत, नेपालगंज तथा भारतसम्म गाँजा, चरेश, तथा अफिम बेचबिखन ओसारपोसार गर्ने गरिन्छ ।
पछिल्लो त्रिबर्षिय तथ्यांङक अनुसार जाजरकोट जिल्लामा लागु औषध सम्बन्धी सात(७) मुद्दा दर्ता गरी २१ जना मानिस पक्राउ गरि सकेको छ । आ.व. ०७७/०७८ मा लागु औषध सम्बन्धी २ वटा मुद्दा दर्ता , ४ जना मानिस पक्राउ तथा १० के.जि. अफिम र २९३ नाईट्राभेट, ९७९ ट्रामाडोल ट्याबलेट बरामद गरेको थियो । त्यसैगरी आ.व. ०७८/०७९ मा लागु औषध सम्बन्धि ३ मुद्दा दर्ता, ९ जना मानिस पक्राउ तथा १ के.जि. १३४ ग्राम चरेश, नाईट्राभेट-४५, ट्रामाडोल-६ र प्रोक्सिवेल स्पास-६ ट्याबलेट बरामद गरेको थियो । चालु आ.व. ०७९/८० मा हालसम्म लागु औषध सम्बन्धी २ मुद्दा दर्ता दुई , ८ जना मानिस पक्राउ तथा ९ ग्राम चरेश, नाईट्राभेट-६६, ट्रामाडोल-३५ स्पास-३० ट्याबलेट बरामद गरेको छ । त्रिबर्षिय तथ्याङ्क अनुसार यो ठुलो मात्रामा गरिएको बरामद हो ।


तपाईको प्रतिक्रिया