आज देखी एसईई सुरु, कर्णालीबाट करिव ३९ हजार परिक्षार्थी सहभागि हुदै


सुर्खेत । आज देखी माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ ।
शुक्रबार बिहान ८ बजेबाट सुरु भएको परिक्षका लागि कर्णालीबाट ३८ हजार ९७० जना विद्यार्थीहरू सहभागी हुनेछन् ।
१७९ वटा परीक्षा केन्द्र रहेको कर्णालीमा १९ हजार ३०१ जना छात्र र १९ हजार ६७९ छात्राले आज एसईई दिन लागेका हुन् ।
३२ वटा परीक्षा केन्द्र रहेको सुर्खेतबाट ९ हजार १३९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । ३ वटा परीक्षा केन्द्र रहेको रुकुम पश्चिममा ४ हजार २१६ विद्यार्थी र २५ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट ४ हजार ९८३ विद्यार्थीले परीक्षा दिँदै छन् ।
हिमाली जिल्लाहरूमा भने विद्यार्थी र परीक्षा केन्द्रको संखया न्यून रहेको छ । ६ वटा परीक्षा केन्द्र रहेको हुम्लामा १ हजार २३४ विद्यार्थीले एसईई परीक्षा दिँदै छन् । यस्तै मुगुका ७ परीक्षा केन्द्रमा १ हजार ६६६, डोल्पाका ४ परीक्षा केन्द्रमा ६९८ जना परीक्षार्थी रहेका छन् ।
यस्तै २१ वटा परीक्षा केन्द्र रहेको कालिकोटमा ३ हजार ७६६, १७ परीक्षा केन्द्र रहेको जुम्लामा २ हजार ८७७ जना परीक्षार्थी रहेका छन् । २० वटा परीक्षा केन्द्र रहेको जाजरकोटमा ४ हजार ६५६ र २४ वटा परीक्षा केन्द्र रहेको दैलेखमा ५ हजार ७३५ परीक्षार्थी रहेका छन् ।
जम्मा ३८ हजार ९७० जना मध्ये नियमिततर्फ ३७ हजार ९०० र ग्रेड वृद्धितर्फ १ हजार ७० जना परीक्षार्थी रहेको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया