सुर्खेत छिन्चुबाट १० क्विन्टल अवैध चिनी बरामद

सुर्खेत  । छिन्चुबाट अवैध चिनी बरामद गरिएको छ । भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारमा ना.३ ख. ९२७ नं. को ट्रकबाट लुकाई छिपाई वीरेन्द्रनगर ल्याउदै गरेको अवस्थामा चिनी बरामत गरिएको हो । सोमबार प्रहरीले ट्रक चेक जाँच गर्दा कुनै पनि विल नभएको १० क्विन्टल, ५० के.जि. का २० बोरा चिनी अन्य पान सम्बन्धी बिभिन्न आईटम सामाग्रीहरु बरामद गरेको प्रहरिले जनाएको छ । बरामद गरिएको समान ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको र गार्डी छाडिएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया