कर्णाली नदीमा एक जना पुरूषको शव फेला


हुम्ला । चंखेली गाउँपालिका ४ स्थित सल्लिसल्ला  स्थित कर्णाली नदीमा एक जना पुरूषको शव फेला परेको छ ।
आइतबारे चंखेली गाउँपालिका ४ को देशीखोला र कर्णाली नदीको बिच (दोभान) मा अपरिचत शव फेला परेको हो ।
चंखेली गाउँपालिका ४ का स्थानियहरु माछा नदी मार्न गएको समयमा शव देखेपछि प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
घटना स्थलमा प्रहरीचौकी मल्छाम र जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतको टोली पुगिसकेको प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
वडा नम्बर ४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरिक्षक गिता प्रसाद चौधरी लगायतले लास नदीबाट निकालेर छेउमा राखेको प्रहरी नायब उपरिक्षक भट्टराईले बताए । थप अनुसन्धानको कार्य भईरहेको प्रहरी नायब उपरिक्षक भट्टराईको भनाई छ ।

 

 

तपाईको प्रतिक्रिया