
हुम बहादुर कार्की । सुर्खेत । गुर्भाकोट नगरपालिका भित्र १४ वटै वडाका गाई बस्तुहरुमा अज्ञात रोग देखा परेको छ । रोगको पहिचान हुन नसके पछी परक्षिणका लागि काठमाडौँ पठाएईएको छ । विरामी गाईगोरुहरुको छालामा फोका देखिने घाटीको माला सुनिने नाईटो मुनिको भागहरु सुनिने १०५ डिग्री भन्दा बढी जोरो आउने श्वास प्रश्वास मा समस्या हुने नाक मुख बाट पिप जस्तो बाक्लो सिगान बग्ने ज्वरो आउने अन्डकोष घाँटी सुनिने लक्षण देखिएको छ ।
गुर्भाकोट नगर पशु शाखा प्रमुख ओम प्रकाश ओलीले बिरामी भएका गाइगोरु लाई बधुवा गरि अलग्गै बाध्न सुझाव समेत दिएका छन् ।
लम्पी स्किन रोग जस्तै लक्षण देखा परेता पनि रोग पुष्टि हुन नसकेको उनको भनाई रहेको छ । रोगको परिक्षणका लागि काठमाडौ पठाईएकोे हुदाँ केही दिनमा रिपोर्ट आए पछि उपचार तर्फ नगरपालिका खटिने पशु शाखा प्रमुख ओम प्रकाश ओलीले बताए ।
फैलिदो अज्ञात रोगले गाईगोरुहरु विरामी हुदाँ किसानहरु चिन्तित भएका छन ।


दर्शन खबर । १३ चैत्र २०७९, सोमबार