गुराँसको तालपोखरी नजिक ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु

दैलेख । गुराँस गाउँपालिका वडा नम्वर ४ तालपोखरी नजिक ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेका छन् ।
सहचालक प्रकाश कुमाई घाइते भएका छन् ।
नेपालगन्जबाट दैलेख बजार जाँदै गरेको मनकामना ग्याँस बोकेको भे १ ख २२०१ नम्बरको ट्रक बुधबार विहान सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया