
काठमाडौँ । सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन् ।
मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका हुन् ।
उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताएका छन् ।
उनले भने, आज जुन उचाइमा क्रिकेट पुगेको छ । यो अवस्था हेर्दा रंगशाला आवश्यक हो कि होइन्। यहि आवश्यकतालाई हेरेर मैले यो बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो? यदि यो बनेको भए । रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था आउँदैन थियो होला । मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ, ।
उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए । बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको उनले प्रस्ट पारे ।
पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादित बन्दै आइरहेको छ ।


दर्शन खबर । ७ चैत्र २०७९, मंगलवार