करारका शिक्षक हटाउने निर्णय प्रति एमाले लेकवेशीको ध्यानाकर्षण

सुर्खेत । स्वयमसेवक करार र पि.सि.एफ. दरवन्दीका शिक्षक हटाउने निर्णय प्रति एमाले लेकवेशी नगर कमिटीले ध्यानाकर्षण भएको जनाएको छ । एमाले लेकवेशी नगर कमिटिले सोमबार एक विज्ञप्ती जारी गर्दै वार्षिक परिक्षा समेत सुरु हुदैँ गर्दा लेकवेशी नगरपालिकाले स्वयकसेवक करार र पि.सि.एफ. दरवन्दीका शिक्षकहरु हटाउने निर्णय तत्काल सच्याउन आग्रह गरेको छ । वार्षिक परिक्षाको तयारीमा जुटिरहेका शिक्षक तथा विद्यार्थिहरुको मनोविज्ञानलाई नकारात्मक प्रभाव पार्ने गरी गरिएको नगरपालिकाको निर्णय घोर आपत्तीजनक, खेदपुर्ण तथा पुवौग्रही भएको भन्दै उक्त निर्णयलाई फिर्ता लिई लेकवेशीको शैक्षीक गतिविधीलाई सकारात्मक ढंगबाट सुचारु गर्न पार्टिले जोडदार माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया