आफु खुशी शुल्क उठाँउदै गुर्भाकोटका सामुदायिक विद्यालय


सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर ९ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भालुखोलाले आफू खुशी विभिन्न शीर्षक राखी शुल्क उठाएको पाईएको छ । सरकारले कक्षा १ देखी १२ सम्म निशुल्क शिक्षा भन्ने पनि यो बिद्यालयले मनपरि पैसा उठाउने गरेको एक जना अभिभावकले बताए । उनका अनुसार अनुसार उक्त विद्यालयले अन्तिम त्रैमाशिक परिक्षाको समयमा विद्यालयलाई सहयोग नामको शिर्षक राखी कक्षा ४ देखि ८ सम्म पैसा उठाउने गरेको छ सहयोग सुल्क भनी कक्षा ४ लाई रु ५ सय कक्षा ५ लाई ६०० , कक्षा ६ लाई १ हजार, कक्षा ७ लाई १ हजार २ सयय र कक्षा ८ लाई १ हजार पाँच सय रुपैया उठाएको पाईएको हो । उठाएको पाइन्छ अभिभावक लाई कुनै पनि जानकारी नभएको भन्दै अभिभावक हरु आक्रोशित बन्नेका छ्न उता विद्यालयले भने शिक्षकको पुरा दरबन्दी नभएको आफुहरु अस्थाई शिक्षक राखेको उनी हरु लाई तलब खुवाउन कुनै पनि आम्दानी नभएकाले उक्त शुक्ल उठाउने गरेको बताएको छ, । स्थानीय सरकार लाई अभिभावकले पटकपटक जानकारी गराए पनि कुनै पनि किसिमको प्रतिक्रिया नदिएको अभिभावकले जनाएका छन् ।


तपाईको प्रतिक्रिया