म.प. विश्वविद्यालयमा स्ववियु निर्वाचन सम्वन्धी कार्य नगराउन उच्च अदालतको आदेश

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा निर्वाचन सम्वन्त्री कुनैपनी कार्य नगर्न नगराउन उच्च अदालत सुर्खेतले आदेश दिएको छ । विपक्षी मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को नाउमाँ बुधवार यस्तो आदेश दिएको हो ।
स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ म्यानेजमेन्ट’ (मुसोम)मा अध्ययनरत ३ जना विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरे पश्चात उच्च अदालत सुर्खेतले दुवै पक्षलाई ८ गते छलफलका लागी बोलाउँदै स्ववियु निर्वाचन सम्वन्धी कुनै कार्य नगर्न नगराउन आदेश दिएको छ । मंगलवार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालय लगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए ।
रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका थिए । निवेदब माथी अधिबक्ताद्वय विद्याभुषण मान्धर र शेरबहादुर खत्रीले बहस गरेका थिए ।
मध्यपश्चिम विश्व विद्यालय केन्द्रीय विभागको हकमा स्वतन्त्र विद्यार्थी युनियनको पदको निर्वाचन सम्वन्धी कुनै काम कारवादी नगर्नु, नगराउनु विपक्षीका नाउँमा उच्च अदालत वियमावली २०७३ को नियम ४२ र मुलुकी देवयानी कार्यविधी संहिता २०७४ को दफा ५८ बमोजिक छलफलका लागी चैत्र ८ गते सम्म अल्पकालिन आदेश जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया