चितुवाको आक्रमणबाट दुईजना घाइते


कास्की । चितुवाको आक्रमणबाट पोखरामा दुईजना घाइते भएका छन् ।
पोखरा, १८ भकुण्डेस्थित धु्रब थापालगायत सातजनाले सञ्चालन गर्दै आएको तुल्सीकुञ्ज कालिज फर्ममा बुधबार चितुवा पसेको र सोही चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने दुईजना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा कास्की–रूपा गाउँपालिका– ४ बस्ने वर्ष २८ का श्रीकृष्ण मल्ल ठलुरी र वर्ष ३२ का राजेश तिमिल्सिना छन्। घाइतेको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते रहेका उनीहरूको गाला र दाहिने आँखामा सामान्य कोतरिएको छ । फर्मका दुईवटा कालिजसमेत मरेका छन् ।
स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले चितुवा नियन्त्रणमा लिने प्रयास भइरहेकोमा चितुवा मरेको अवस्थामा झाडीमा फेला परेको र वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया