सुर्खेतमा घाँटी रेटिएको अवस्थामा फेला परेका व्यक्तिको पहिचान भएको छ । शाव वीरेन्द्रनगर नगरपालिका वडा नं. १० दिपनगरका ४० वर्षका धुर्व जंग शाहीको रहेको प्रहरी ले जनाएको छ । मृतक शाही मंगलवार विहान ११ बजे सामान्य अवस्थामा घरवाट निस्कियको परिवार स्रोतले जनाएको छ ।
शाहीको शव बुदबुदीमा मंगलबार साँझ ५ बजेको समयमा स्थानीय खेतको वाटो हिड्दै गर्दा देखेपछि प्रहरीलाइ खबर गरेका थिय । शाहीको घाँटीको अगाडिको भागमा गहिरो चोट लाग्ने गरि रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव नजिकै धारिलो चक्कु समेत भेटिएको र घटना वारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १ चैत्र २०७९, बुधबार