सुर्खेत बुदबुदीमा घाँटी रेटिएको अवस्थामा शव फेला

सुर्खेतमा एक युवा घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदीमा मंगलबार साँझ ५ बजेको समयमा स्थानीय खेतको वाटो हिड्दै गर्दा शव देखेपछि प्रहरीलाइ खबर गरेका थिय ।
हाल सम्म पहिचान खुल्न नसकेका अन्दाजी ३१- ३२ वर्ष उमेर हुनसक्ने युवाको शव घाँटीको अगाडिको भागमा गहिरो चोट लाग्ने गरि रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 

स्थानीय तोरी बारी नजिक रहेको बाँसको झ्याङ्ग नजिक रहेको शव , बुदबुदीका स्थानीयले पनि नजिकैको मान्छे नभएको वताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले उक्त शवको हाल सम्म पहिचान खुल्न नसकेको र घटनाको अनुसन्धान भई रहेको र थप अनुसन्धानको लागि नेपालगंजबाट डग टोली सुर्खेत आउने जानकारी दिए ।


तपाईको प्रतिक्रिया