
सुर्खेत । मिस नेपालको आगामी संस्करणका लागि भोली वीरेन्द्रनगरमा अडिसन हुने भएको छ । मिस नेपालको अन्तिम अडिसनमा सातै प्रदेशबाट प्रतिनिधित्व गराउने उद्देश्यले अडिसन गर्न लागिएको आयोजक द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले जानकारी दिए ।
अडिसनका लागि आइतबार ओरिएन्टेसन र भोली अडिसन कार्यक्रम हुने जनाईएको छ । इटहरीदेखि सुरु भएको अडिसन वीरगञ्ज, पोखरा, र नेपागन्जमा सम्पन्न भइसकेको छ ।
मिस नेपाल–२०२३ मा सहभागी हुन आगामी चैच १ गतेसम्म आवेदन दिन पाइने छ । आगामी जेठ १३ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा अन्तिम अडिसन हुनेछ ।


दर्शन खबर । २८ फाल्गुन २०७९, आईतवार