आज १ सय १३ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ।
नेपालमा ‘लैंगिक समानताको लागि बलियो आधार, सिर्जिनात्मक प्रविधीमा महिला पहुँचको विस्तार’ नारासहित दिवस मनाइँदैछ। संघ, प्रदेश र स्थानीय तह सरकार तथा महिला अधिकारका क्षेत्रमा कार्यरत संघसंस्थाहरुले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, सम्मानलगायतका विभिन्न कार्यक्रम गर्दैछन्। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले प्रहरी हेडक्वाटरमा विषेश कार्यक्रम गर्दैछ।
नेपालको संविधान महिला मैत्रि भए पनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनमा जोड दिएका छन्। राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको छ। तर महिला प्रतिनिधित्वका सवालमा बाध्यकारी व्यवस्था रहेको निकायमा बाहेक बेवास्ता गर्ने गरिएको गुनासो छ।
संघ र प्रदेश सरकार गठनमा पनि महिलाको सहभागिताको विषयमा आलोचना हुँदै आएको छ।


दर्शन खबर । २४ फाल्गुन २०७९, बुधबार