कर्णाली नदि किनारमा एक व्यक्तिको शब फेला ।

कर्णाली नदिको किनारमा एक व्यक्तिको शब फेला परेको छ । हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका वडा नं. २ उनापानी स्थित कर्णाली नदिको किनारमा नामथर वतन नखुलेको पुरुष ब्यक्तिको मृत शब फेला परेको हो ।

 

नामथर नखुलेको पुरुष ब्यक्तिको मृत शब कर्णाली नदिको किनारमा फेला परेको भनि खार्पुनाथ गाउँपालिका वडा नं. ४ नल्ला बस्ने बर्ष सुरेन्द्र शाहीले टेलिफोन मार्फत जानकारी गराएका प्रहरीले जनाएको छ । घटनास्थलको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय हुम्लाबाट अनुसन्धानको टोली घटनास्थल तर्फ खटि गएको प्रहरी स्रोत ले जनाएको छ ।


तपाईको प्रतिक्रिया