
अम्मर राजवंश । गुर्भाकोट । साहारा ईङ्गलिस मिडियम स्कुल गुर्भाकोटले असल अभिभावक्तव असल अभिभावक अभिमुखिकरण तालीम संचालन गरेको छ । विहिवार गुर्भाकोट नगरपालिका वडा नम्वर ९ मा बोटेचौरमा रहेको स्कुलका संचालक तथा निर्देशन हरिलाल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मोटिभेस्नल स्पिकर क्षेत्र प्रशाद ज्ञवालिले अशल अभिभावक कसरी बन्न सकिन्छ भन्ने विषयमा अभिभावकहरुलाई प्रशिक्षण दिएका थिए । असल विद्यार्थी निर्माणका लागी पहिला असल अभिभावक बन्न आवश्यक रहेको औल्याँउदै तालिमको आयोजना गरिएको संचालक खड्काले जानकारी दिए । दुई सय भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको कार्यक्रममा प्रमुख अथिती प्याब्सन गुर्भाकोटका अध्यक्ष किशोर शर्मा र विशेष अथिती वडा नम्वर ९ का वडा अध्यक्ष ज्ञान बहाहदुर खत्री लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो ।


दर्शन खबर । १९ फाल्गुन २०७९, शुक्रबार