आठ दलीय गठबन्धनले आज सबै प्रदेशका सांसदसँग अभिमुखीकरण गर्दै

सुर्खेत । राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलीय गठबन्धनले शुक्रबार सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम गर्दैछ
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका दलहरूले प्रदेश सांसदहरुको मत दायाँ बायाँ नहोस भनेर अभिमुखीकरण कार्यक्रम गर्न लागेका हुन् ।
त्यसका लागि नेपाली कांग्रेसलगायतका दलहरूले सबै प्रदेशमा प्रतिनिधि खटाएका छन् ।
प्रशिक्षण कार्यक्रमको नेतृत्व भने कांग्रेस पदाधिकारीहरूले गर्नेछन् । अभिमुखीकरणका लागि गठबन्धनका नेताहरु प्रदेश राजधानी पुगेका छन् ।
कांग्रेसले कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमतीमा महामन्त्री गगन थापा, गण्डकीमा उपसभापति धनराज गुरूङ, लुम्बिनीमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णालीमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिममा सहमहामन्त्री बद्री पाण्डेलाई तोकेको छ ।
बागमती प्रदेश सभाका सांसदहरुको भेला भने हेटौंडाको सट्टा काठमाडौंमा गरिने भएको छ ।

 


तपाईको प्रतिक्रिया