सुर्खेत । भैरव युवा शसक्तीकरण केन्द्रको १२ ओँ बार्षीक उत्सवको अवशरमा रिकभरिङ्ग कप फुटफल प्रतियोगिता गरिएको छ । हाम्रो गोल लागु औषध विरुद्धको बोल भन्ने मुल नारा सहित बुधवार वीरेन्द्रनगर ५ चिसापानी स्थित रंगशालामा फुटबल प्रतियोगिताको आरम्भ भएको हो । भैरव युवा शसक्तीकरण केन्द्रको आयोजना, रिकभरिङ्ग नेपाल कर्णाली प्रदेशको सहकार्य, जिल्ला फुटबल संघ सुर्खेतको प्राविधिक सहयोग र सृजनशिल युवा क्लव चिसापानीको स्थानिय व्यवस्थापनमा फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । भैरव युवा शसक्तीकरण केन्द्रको बार्षीक उत्सव तथा ललित भट्राईको १५ औँ रिकभरिङ्ग जन्मदिनको अवशरमा कार्यक्रमको आयोजना गरिएको रिकभरिङ्ग नेपालका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष ललित भट्राईले जानकारी दिए ।
प्रतियोगितामा पाँच वटा सुधार संस्थाहरुको सहभागिता रहेको थियो । बुधवार भएको खेलमा भैरव युवा शसक्तीकरण केन्द्रलाई हराउँदै आसा नेपाल विजयी भएको छ भने, परोपकार पुर्नस्थापना केन्द्रलाई हराउँदै हाम्रो साथी पुर्नस्थापना केन्द्र विजयी भएको छ । विहिवार एकता पुर्नस्थापना केन्द्र र हाम्रो साथी पुर्नस्थापना केन्द्र विच खेल हुनेछ । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी भिम प्रशाद ढकाल, वीरन्द्रनगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख निलकण्ठ खनाल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल लगाएत विभिन्न युवाहरुको सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रमकाे दर्शन खबरले प्रत्यक्ष प्रशारण गरेकाे थियाे ।


दर्शन खबर । १७ फाल्गुन २०७९, बुधबार