
सुर्खेत । भेरीगंगामा प्रहरीले अवैध कपडा बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बबईले बुधवार बिहान ९ बजेको समयमा पोखराबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ७३५ नम्बरको बसलाई चेक जाँच गर्दा कुनै पनि बिल नभएको कुर्ती ३५ पिस र कुर्ता सुरुवाल १३० पिस कपडा बरामद गरेको हो । यस्तै बुधवार बिहान ८ बजेको समयमा नेपालगञ्जबाट सल्यान तर्फ आउँदै गरेको भे १ ज १००३ नम्बरको वसमा माछाका ५ सय भुरा लुकाईछिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त माछा पनि बरामद गरेको छ । बरामद गरेका माछा र कपडा अनुसन्धानको लागि भन्सार कार्यालय पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।


दर्शन खबर । १७ फाल्गुन २०७९, बुधबार