रास्वपाको चुनाव चिह्न परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ । रास्वपाको चुनावचिह्न यसअघि गोलाकारभित्रको घण्टी थियो । अहिले गोलाकार हटाइ घण्टी मात्र राखिएको छ । रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै चुनाव चिह्न परिवर्तन गरिएको जानकारी दिएका हुन् । घण्टी चुनाव चिह्न भएको रास्वपाले बाहिरको गोलाकार हटाइदिन निर्वाचन आयोगमा पत्राचार गरेको थियो । आयोगले रास्वपाको प्रस्ताव फागुन १५ गते स्वीकारेपछि चुनाव चिह्न फेरिएको हो ।


तपाईको प्रतिक्रिया