रुकुममा आरा मेसिनको फिता लागेर एक जनाको मृत्यु

 

रूकुमपूर्व । रुकुम पुर्वमा काठ चिर्ने आरा मेसिनको फिता लागेर एक जनाको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपालिका १२ क्युबाङमा काठ चिर्ने आरा मेसिनको फिताले लागेर मंगरवार साँझ अन्दाजी ५० वर्षीय कर्मधन पुनको मुत्यु भएको हो । साँझ साढे ७ बजेतिर मेसिनको फिता फुत्किएर लाग्दा गम्भीर घाइते भएका पुनलाई गाउँपालिका अध्यक्ष र उपाध्यक्षले गाउँपालिकाको गाडीमा राखेर जिल्ला अस्पताल रूकुमकोटतर्फ लैजाँदै गर्दा बाटोमै मुत्यु भएको पुथाउत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीले दर्शन खबरलाई जानकारी दिए । उनका अनुसार झ्याल बनाउनको लागि सल्लाको काठ चिर्दै गर्दा आराको फिता लागेर मृत्यु भएको आशंका गरीएको छ । मिसेन पुन केही वर्षदेखि काठ उद्योग सञ्चालन गर्दै आएका थिए । अलिे उनको शव जिल्ला अस्पताल रुकुमकोटमा राखिएको छ ।

 


तपाईको प्रतिक्रिया