वीरेन्द्रनगरमा लागु औषध सहित एक जना पक्राउ

श्याम बैगार

सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ गण्डकी लाईन बस्ने १९ वर्षिय श्याम बैगार रहेका छन् । शनिवार दिउँसो साढे २ बजेको समयमा बैगारको घरमा लागु औषध कारोवार भईरहेको गोप्य सुचनाको आधारमा उनको कोठामा खोजतलास गर्दा एक हजार मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बैगारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।


तपाईको प्रतिक्रिया