सुर्खेत ।
४० औ समाजिक सेवा दिवश सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश र गैरसरकारी संस्था महासंघ नेपाल शाखा सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको हो । कार्यक्रममा आन्तरिक तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका मन्त्री नरेश भण्डारीले सम्पुर्ण गैरसिरकारी संघ संस्थाहरुले एकै स्थानमा गोलबद्ध भएर समाज सेवा गर्नु पर्ने बताए । कर्णाली प्रदेशका सामाजिक संस संस्थाहरुलाई आवश्यक सहयोग गर्न सधै तयार रहेको पनी मन्त्री भण्डारीले बताए ।

सामाजिक सेवा दिवशका अवशरमा विहान मंगलगढी चौकबाट ¥याली सहित प्रभातफेरी सुरुगरि पिपलचौतारामा पुगी कोण सभामा परिणत भएकोे गैरसरकारी संस्था महासंघ शाखा सर्खेतका अध्यक्ष घनश्याम केसिले जानकारी दिए । दिवशकै अवशर पारि प्रदेश अस्पताल कालागाउँका विरामिहरुलाई फलफुल वितरण समेत गरिएको उनले जानकारी दिए । कार्यक्रममा सुर्खेतमा क्रियाशिल विभिन्न गैरसरकारी संघ संस्था तथा सरकारी संस्थाहरुको सहभागीता रहको थियो ।




दर्शन खबर । ६ आश्विन २०७६, सोमबार