
फाईल तस्बिर सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले अवैध काठ सहित एक जनालाई पक्राउ गरेको छ । सुब्बाकुना प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक नविन बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले भेरीपुल नजिक चिङ्गाडबाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको भे १ त ९२४० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा ढुङ्गामुनि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा अन्दाजी २५ दशमलव ६४ क्युफिटको २५ वटा सालको कडी, ढुङ्गा र ट्याक्टर चालक लेकवेशी नगरपालिका ९ का अन्दाजी २४ वर्षीय अर्जुन बिकलाई बुधवार विहान ६ बजेको समयमा पक्राउ गरेको हो ।
पक्राउ परेका बिकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ भने बरामद गरीएको काठ र ढुङ्गा डिभिजन वन कार्यालय सुर्खेतमा पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । पछिल्लो समयमा सुर्खेतमा प्रहरीले धमाधम अवैध काठ बरामद गरीरहेको छ । आईतवार मात्रै गिरीघाटबाट वीरेन्द्रनगर तर्फ ल्याउँदै गरेको ५ फिटको ३ वटा चौकुस र ५ क्यूफुट बराबरको अवैध सालको काठ फेला पारी प्रहरीले अटो सहित काठ नियन्त्रणमा लिएको थियो ।


दर्शन खबर । १० फाल्गुन २०७९, बुधबार