वीरेन्द्रनगरमा अवैध काठ बरामद

फाईल तस्बिर  सुर्खेत । वीरेन्द्रनगरमा प्रहरीले अवैध काठ बरामद गरेको छ । गिरीघाट बाट वीरेन्द्रनगर तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ह ०३०४ नम्बरको अटोमा लुकाई छिपाई ल्याईदै गरेको अवस्थामा प्रहरी चौकी बाङ्गेसिमलले आज बिहान तीन बजेको समयमा पक्राउ गरेको हो । अटोबाट ५ फिटको ३ वटा चौकुस र ५ क्यूफुट बराबरको सालको काठ फेला पारी अटो सहित काठ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नियन्त्रणमा लिएको अटो प्रहरी चौकी बाङ्गेसिमलमा राखिएको छ भने अटोचालक फरार रहेका छन् । उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । बरामद गरीएको काठ कानुनी कारवाहीको लागि जनजागृति सामुदायिक बनलाई दिएको डिएसपी शाहीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया