सञ्चार माध्यममा हेडलाईन मात्रै बिक्ने प्रवृति छ : कानुन मन्त्री जिसी

सुर्खेत । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले प्राईभेट मिडियाले सरकारी मिडियालाई चुनौती दिएको बताएका छन् । आईतवार वीरेन्द्रनगरमा राष्ट्रिय समाचार समिति (रासस) को ६२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री जिसीले प्राईभेट मिडियाले सरकारी मिडियाहरुलाई चुनौती दिएको बताएका हुन् । उनले हिजोआज सञ्चार माध्यममा पस्किएका अधिकांस विषयबस्तहरु हेडलाईन मात्रै विक्ने प्रवृति रहेको बताउँदै जिम्मेवार सञ्चारकर्मीहरूले भित्री विषयलाई पनि रूचिपूर्ण बनाउनुपर्ने बताए । कार्यक्रममा बोल्दै मन्त्री जिसीले पछिल्लो समयमा मिडियामा प्रतिष्पर्धाको दौडधुप भएकाले राससले साविकको भन्दा पनि अझै बढी विकास गर्नुपर्ने बताए ।

साथै उनले पत्रकार भएपछि सत्यतथ्य बुझेर कसैप्रति गुनासो भएमा विपक्षी बनी अभिव्यक्ति दिनु भन्दा पनि सँच्चाएर अगाडि बढ्न सबलाई आग्रह समेत गरे । उनले कर्णालीमा भएका विभिन्न घटना क्रमहरुलाई सहज तरीकाको लागि पत्रकारको माँझ छिट्टै प्राप्त गर्न सकिने वातावरण पनि निर्माण गर्ने बताए । प्रतिष्ठान गठनको कानुनी बाटो खोल्नका लागि सरकारले संसद खुलेपछि सञ्चार प्रतिष्ठान विधेयक संसदमै लैजाने मन्त्री जिसीले प्रतिवद्धता समेत जनाए ।


तपाईको प्रतिक्रिया