उपसभापति खड्काद्धारा वीरेन्द्रनगरमा निर्माणधिन रङ्गशालाको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणधिन रङ्गशालाको काम हालसम्म करिब ३३ प्रतिशत सम्पन्न भएको छ । २०७८ कार्तिकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको उक्त रंगशालाको काम ३३ प्रतिशत सम्पन्न भएको एमएसी–जिएसएल कम्पनीले जनाएको छ । २०८१ मंसिर २ गते हुने १० औ राष्ट्रिय खेलकुदको लागि प्रदेश गौरवको रङ्गशाला निर्माणकोे काम धमाधम भइरहेको छ । शनिवार बिहान निमार्णधिन रंगशालाको अनुगमन गर्दै सुर्खेत निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधीसभा सदस्य समेत रहनु भएका नेपाली काग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले १० औँ राष्ट्रिय खेलकुदको जिम्मेवारी कर्णाली प्रदेशले पाउनु गौरवको कुरा भएको बताए । उपसभापति खड्काले १० औ राष्ट्रिय खेलकुद वीरेन्द्रनगरमा हुनु महत्वपुर्ण भएको बताउँदै सबै मिलेर खेलकुदलाई सफल पार्न सवै क्षेत्रबाट सबैले योगदान गर्नुपर्ने बता्उ । उपसभापति खड्काले कर्णाली प्रदेशले अन्तराष्ट्रिय रंगशाला निर्माण गर्ने तदारुकता प्रशंसायोग्य रहेकोेमा धन्यवाद समेत व्यक्त गरे ।

यस्तै खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले तोकिएको समयमा निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गर्ने कुरामा विश्वास लिएको बताउँदै , पुर्वाधारका कारण १० औ राष्ट्रिय खेलकुद कर्णालीबाट अन्त सार्नु पर्ने अवस्था आउन नदिने दावी गरे । कर्णालीको राजधानी वीरेन्द्रनगरको रङ्गशालामा हालसम्म फुटबल मैदान, कबर्ड हल, भिआइपी प्यारापिट, स्वीमिङ पुलको ढलानलगायत अन्य भौतिक संरचनाका कामहरु भइरहेका छन् । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैँया लागतमा बन्ने रंगशाला २०८१ जेठ महिना सम्म सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । जसमा भलिबल, बास्केटबल लगायतका कोर्टका साथै मेडिकल वार्ड, रेफ्री, चेन्जिङ रिफ्रेस रूम, स्वीमिङ पुल, पार्किङ लगायतका संरचना निर्माण भइरहेका छन् ।

 

तपाईको प्रतिक्रिया