आज सेना दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले शिवरात्रिका अवसरमा आज मुलुकभर सेना दिवस मनाउँदै छ । शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा विशेष समारोह हुँदैछ । सैनिक मञ्चमा परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम समेत आयोजना गरिएको छ । नेपाली सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । वर्तमान नेपाली सेनाको सांगठनिक स्वरुपको शुरुवात १८१९ सालदेखि भएको हो । नेपाली सेना कति सालमा स्थापना भयो भन्ने ठ्याक्कै मिति पाइँदैन । तर विक्रम संवत १८०१ देखि नेपाली सेनाले यो मुलुकको स्वतन्त्रता, अखण्डता र सार्वभौकिताको रक्षा गरेको इतिहास छ ।

तपाईको प्रतिक्रिया