स्कटिस खेलाडीले गरे सन्दीपसँग हात मिलाउन अस्वीकार

काठमाडौं । स्कटल्याण्डका खेलाडीले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ । तर आज नेपालसँग ३ विकेटले पराजित भएपछि स्कटल्याण्डका खेलाडीले नेपालका अन्य खेलाडीसँग हात मिलाए पनि लामिछानेसँग भने हात मिलाएनन् । नेपाल टिममा लाइनको अन्तिममा रहेका सन्दीपसँग स्कटिस खेलाडीले हात मिलाउन अस्वीकार गरे । सन्दीपले स्कटल्याण्डविरुद्धको खेलमा १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिएका थिए । नेपालले मंगलबार नामिवियासँग खेलेको थियो । त्यस खेलमा भने नामिवियाका खेलाडीले सन्दीपसँग हात मिलाएका थिए ।

तपाईको प्रतिक्रिया