माओवादीका कारण सत्ता समिकरण परिर्वतन हुँदैन्ः नारायणकाजी श्रेष्ठ


सुर्खेत ।  माओवादीका कारण सत्ता समिकरण परिर्वतन नहुने नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् ।सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री समेत रहेका श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताएका हुन् । उनले सत्तामा भएका अरू दलहरूको आचरणका कारण समीकरणमा केही समस्या आउन सक्ने बताए । बाहिर आएजस्तो कसैले चाहेर गठबन्धन तोडिने कुरा नभएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दावी गरे । तत्कालै सत्ता समीकरण परिवर्तन नहुने बताएका श्रेष्ठले राष्ट्रपति चयनका विषयमा यसअघि दलहरूले सरकारको नेतृत्व गर्न माओवादीलाई गरेको विश्वासको आधारमा अघि बढ्नुपर्ने बताए ।

उनले रेशम चौधरीको मुद्दा राजनीतिक रूपमै सम्बोधन गर्ने माओवादीको मनसाय भए पनि कानुनी कुराले नमिलेको बताएका छन् । नागरिक उन्मुक्ती पाटी मुद्दा तथा सरकारलाई समर्थन गर्ने लगायतका विषयमा नागरिक उन्मुक्ती पार्टीसँग वार्ता भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । नागरिक उन्मुक्ती पार्टीको मुद्दा राजनीतिक भएकाले राजनीतिक रूपमै सम्बोधन गर्नुपर्छ आफुहरुको धारणा भएको र कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले भनेकै बेला मागहरु सम्बोधन गर्न सकिएको उनको भनाई रहेको थियो । श्रेष्ठले सरकार निर्माणपछि आफूहरू नीति तथा कार्यक्रमहरूलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले अहिले सरकार र सरकारमा भएका दलहरूले संविधान, स्वाधिनताको रक्षा, देशको समृद्धि, शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्नुपर्ने कार्यभारसहित अगाडि बढेको बताए ।

तपाईको प्रतिक्रिया