जाजरकोटमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ

जाजरकोेट । जाजरकोटमा प्रहरीले चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई प्रकाउ गरेको छ । जिल्ला अदालत जाजरकोटको आदेशले एक महिना कैद जरिवाना भई फरार रहेको धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । भेरीगंगा नगरपालिका ८ सुर्खेतका धनबहादुर सुनारलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी एवम् प्रहरी नायव उपरिक्षक सन्तोष रोकाले जानकारी दिए । पक्राउ परेका सुनारलाई मंगलवार जिल्ला अदालत जाजरकोटले कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया