महानिरीक्षक ढकालले दिए विद्यार्थीहरुलाई विभिन्न विषयमा प्रशिक्षण

कालिकोट । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले कालिकोटमा विभिन्न विषयमा आधारभुत प्रशिक्षण दिएका छन् । बिहिवार कालिकोटको खाडाचक्र नगरपालिका वडा नम्बर २ को भवानी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई महानिरीक्षक ढकालले प्रशिक्षण दिएका हुन् । महानिरीक्षक ढकालले व्यक्तिगत दुरी र गोपनियता, आत्मासुरक्षा सम्बन्धि सुझाब, बालश्रम, बाल यौन दुरपयोग, यौन दुव्र्यहारबाट बच्ने उपाय, जवर्जस्ति करणीमा पीडित भएमा अपनाउने उपाय, साईबर अपराधबाट बँच्ने उपाय, छाउपडी प्रथा, जातिय विभेद, घरेलु हिंसा, मानव बेचबिखन, मादक पदार्थ सेवन, लागुपदार्थ दुव्र्यसनि, बालविवाह लगाएतका विषयमा प्रशिक्षण दिएका हुन् । साथै ढकालले विद्यार्थीहरुले समाजमा बस्ने व्यक्तिहरूको बारेमा जानकारी राख्ने, खराब व्यक्ति र अपराधीको बारेमा सुचना दिई प्रहरीलाई सहयोग गर्न, आफुविरुद्ध हिंसा भएमा प्रहरीमा उजुरी दिन र, गलत काम नगर्न, कुलतमा नफस्न लगाएतका कुराहरु सिकाएका छन् ।

देश विकास साथै शान्ति सुरक्षाका लागि आज देखिनै अनुशासित, लगनशिल, मिहेनती भई दैनिक रुपमा पढेरअसल नागरिक बन्न सबैलाई उत्प्रेरित गर्दै सम्पुर्णलाई विद्यार्थीहरुलाई हातेपुस्तिका समेत वितरण गरेका छन् । उक्त विद्यालयका प्रध्यानध्यापक बल प्रसाद पाण्डे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिपाल बिकले प्रदेश प्रहरी प्रमुख आफ्नो विद्यालयमा आएर ससाना विद्यार्थीहरुलाई आधारभुत सचेतना लगाएत समाजमा हुने गरेका अपराधको विषयमा प्रशिक्षण प्रदान गर्दा निकै हर्षित हुँदै सह्रानिय र गौरवको विषयका रुपमा रहेको बताए । साथै आगामी दिनहरुमा यस्तै किसिमका प्रशिक्षणको अपेक्षा राख्दै महानिरीक्षक ढकाल र जिल्ला प्रहरी कार्यालय कालिकोटलाई विशेष धन्यवाद व्यक्त गरे ।

तपाईको प्रतिक्रिया