मलावीमा हैजाका कारण एक हजार २१० जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार पछि दक्षिणी अफ्रिकी मुलुक मलावी हैजाको सबैभन्दा खराब प्रकोपसँग जुधिरहेको हो। सन् २०२२ को मार्चयता करिब ३७ हजार हैजाका बिरामी फेला परेको छ।डब्लुएचओले विज्ञप्ति जारी गरीमलावीका २९ मध्ये २७ जिल्लामा सक्रिय संक्रमण रहेको र डिसेम्बरको तुलनामा गत महिना झण्डै तेब्बर संख्याले संक्रमण बढेको जनाएको छ। प्रकोप सुरु भएदेखि नै मलावीले दुई ठूला खोप अभियान सञ्चालन गरेको छ तर सीमित आपूर्तिका कारण सामान्यतया सिफारिस गरिएका हैजा खोपको दुई मात्रामध्ये एक मात्र प्रदान गरेको छ।


दर्शन खबर । २७ माघ २०७९, शुक्रबार